बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

बाग्लुङ | कात्तिक २६, २०८१

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

बागलुङ:     बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ । 


ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो । 


घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार १ जनाको भने जीवितै उद्धार गरिएको छ ।

 

घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्